साना उघमीहरुलाई प्रविधि हस्तान्तरण
विदुर÷घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटले चालु आर्थिक वर्ष २०७४÷७५ को वार्षिक कार्यक्रम अन्र्तगत घरेलु तथा साना उघमीहरुलाई उपयुत्त प्रविधि हस्तान्तरण गरेको छ । कार्यलयले आज एक कार्यक्रमको आयोजना गरि कृषि उधमीहरुलाई उपयुत्त कृषि उपकरण,लजिष्टिक सर्पाैट तथा लेबलिङ प्याकेजिङजस्ता उपकरण हस्तातरण गरेको हो ।
कार्यलयले गरिवी निवारणका लागि उपयुत्त सामाग्री वितरण गरेको लघु उधम विकास कार्यक्रमतर्फ घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका प्रमुख विजय कुमार भट्टराईले बताउनुभयो । प्रमुख भट्टराईका अनुसार घरेलु तथा साना किसान विकास कार्यक्रम अन्तगर्त कार्यलयले ३४ जनामध्ये केहीउधमीहरुलाई एकलाख रुपैयाँसम्मको सामाग्री वितरणको गरिएको र केहीलाई यहि महिनाको अन्तिमसम्म वितरण गरिने बताउनुभयो ।
कार्यक्रममा नेपाल घरेलु महासंघका अध्यक्ष सिताराम रिमालले प्याकेजिङ तथा लेबलिङ गर्न काठमाण्डौ धाउनुपरेको भन्दै त्यो व्यवस्था नुवाकोटकै व्यवसायीले नै गरे स्रोत बाहिर नजाने र स्थानिय स्तरमै रोजगारी सिर्जना हुने बताउनुभयो । रिमालले उधोग र उधोगीको समस्याको लागि सम्बन्धित निकायले ध्यान दिनुपर्नै बताउँदै कार्यलय प्रमुखले कृषकहरुलाई निकै सहयोग गरेको बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया