इ–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने,नत्र कारवाही हुने
विदुर खबर
२०७५ असार २६ गते १:४३
बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ ।
नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने निर्णय पनि गरेको छ । जिल्लामा अधिकांश इ–रिक्सा दर्ता नभएरै सञ्चालनमा छन् । केही महिनाअघि पनि इ–रिक्सा अनिवार्य दर्ता गर्नुपर्ने निर्णय गरिएकामा त्यसको कार्यान्वयन हुन सकेको थिएन ।
यातायात व्यवस्था समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकको सहमतिपछि समितिले दर्ता गर्नुपर्ने उही निर्णय दोहो¥याएको हो । “अब पहिले जस्तो हुँदैन, सोमबार भएको निर्णय हामी कार्यान्वयन गरेरै छाड्छौँ”, प्रजिअ केसीको भनाइ छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया