नुवाकोटमा लकडाउनको अवज्ञा गर्ने सातजना नियन्त्रणमा
नुवाकोट । नुवाकोटमा लकडाउनको उल्लंघन गरी घरबाहिर हिँडडुल गरिरहेका ७ जनालाई नियन्त्रणमा लिइएको छ ।
उनीहरुलाई सचेत गराई भोलिका दिनमा सरकारी आदेशको उल्लंघन नगर्ने शर्तमा छाडिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
त्यसैगरी लक डाउनको उल्लंघन गरी सञ्चालन गरिएका २७ वटा मोटरसाइकल र ५ ओटा ट्रकलाई नियन्त्रणमा लिई राखिएको प्रहरीले जनाएको छ । ती सवारीका धनीलाई आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
अनावश्यक काममा पनि लकडाउन उल्लंघन गरी सवारी साधन चलाउने क्रम बढेपछि प्रशासनले मंगलवार नुवाकोटमा निषेधाज्ञा जारी गरेको थियो । पहिलो दिनको तुलनामा दोस्रो दिन लक डाउन प्रभावकारी देखिएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।
‘स्वास्थ्य, औषधी, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, बैंक, दूरसञ्चार, भन्सार, फोहरमैला व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरेका सवारी साधनहरु भने निर्वाध रुपमा चलेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया