भुकम्पले ध्वस्त पारेको पृथ्वी माविको भवन शिलान्याश

विदुर / भुकम्पले धवस्त भएको विदुर नगरपालिकमा वडा नं ४ मा रहेको पृथ्वी माध्यामिक विद्यालयको भवनको शिलान्याश गरिएको छ ।
विं स २०७२ सालमा आएको महाभुकम्पले ध्वस्त भएको विद्यालयको करिव तीनवर्षपछि भवनको आज प्रदेश नं ३ का सांसद हिरानाथ खतिवडाले एक कार्यक्रम गरि शिलान्याश गर्नुभएको हो । शिक्षा विकास तथा समन्वय एकाई कार्यलयको अनुदानमा ५९ लाख रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको विद्यालयका प्रध्यानाअध्यापक वावुराम लामिछानेले बताउनुभयो । जसमा विद्यालयको पनि जनसभागितामा निर्माण सम्पन्न गरिने प्रअ लामिछानेले बताउनुभयो ।
दुई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको भवनमा आलु आर्थिक वर्षमा १८ लाख रुपैयाँ र आगामी आर्थिक वर्षमा १८ लाख रुपैयाँ शिक्षा विकास तथा समन्वय एकाई कार्यलयले दिएको विद्यालयले जनाएको छ । बाँकी नपुग रकम विद्यालयले स्थानस्य स्रोत साधन जुटाउने लक्ष्य रहेको विद्यालयका प्रअ लामिछानेले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश नं ३ का प्रदेससभा सदस्य हिरानाथ खतिवडाले पुकम्पले ध्वस्त भएको विद्यालय निकै ठिलो निर्माण भएपनि विधार्थीको पठनपाठनमा विद्यालयले बाधा नपारेको भन्दै विद्यालयको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, विदुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठ, नेपाली कांग्रेस नुवाकोटका सचिव सुरेन्द्र अधिकारी, नेकपाकी नेतृ बिन्दा ढुङ्गाना, राप्रपाका नेता विष्णु सापकोटा, वडा नं ४ का वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य वसन्त रिजाल लगायतले मन्तव्य राख्नु भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया