कोरोनालाई मध्यनजर गरि अतिआवश्यक वस्तुमा छुट दिन नेपाली काँग्रेस वीपी समुहको माग
नुवाकोट । विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना (कोभिड १९) नामको भाइरसलाई मद्य्यनजर गरि जनताको दैनिकि जिवनमा प्रयोग हुने इन्धन, खाद्यान्न, घर तथा कोठा भाडा, कर, बैकिङ ऋणका व्याज जस्ता वस्तुमा तत्काललाई विशेष छुट दिन नेपाली काँग्रेस (वी. पी.)ले सरकारसँग माग गरेको छ ।
आज पार्टीका प्रवक्ता देवेन्द्रप्रकाश पौडेलद्वारा हस्ताक्षिरित विज्ञप्तिमा भनिएको छ । कोरोनाको नाममा सरकारले सतर्कता अपनाउनु राम्रो भएको बताएको छ । तर कोरोनाले नागरिकमा त्रास सृजना भएको अवस्थाको कालाबजारिले मौका लिएको अवस्थामा सरकार मुकदर्शक बनेर बसेको भन्दै कालोबजारीलाई तत्काल नियन्त्रणमा लिग्न माग गरेको छ । साथै भविष्यमा भाइरसको सक्रमण फैलिएमा उतित व्यवस्थाका साथ क्वारेन्टाइनमा राख्नु पर्ने सम्पूर्ण जिम्मा नेपाल सरकारले लिग्ने तयारी अवस्थामा रहन सरकारसँग माग गरेको छ ।
पार्टीले विषम परिस्थितिमा देशभित्र र देश बाहिर रहनु हुने सम्पुर्ण नेपालीहरुलाई एक आपसमा सहयोगी भावनाका साथ सनातनी संस्कृतिकाे उच्च विकाश गर्ने दिशामा अगाडि बढनका लागि पनि हार्दिक अपील गरेको युवा नेता सुशीलराज वाग्लेले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया