मन्त्री नै बेपत्ताको सूचीमा

नुवाकोट । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वका समयमा पूर्ण र आंशिक बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ।
आयोगले सोमबार सार्वजनिक गरेको बेपत्ताको सूचीमा २ हजार ५ सय ६ जनाको नाम समावेश छ। उक्त सूचीमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको नाम पनि समावेश गरिएको छ।
आयोगको सूची अनुसार सबैभन्दा धेरै बेपत्ताको उजुरी बर्दियाबाट परेको छ। बर्दियाका २ सय ५४ जनाको नाम बेपत्ता भएको सूचीमा छ। सूचीअनुसार दाङबाट १ सय २८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०/४० जना बेपत्ताको सूचीमा छन्।
सशस्त्र द्वन्द्वको इपिसेन्टर रोल्पा र रुकुमबाट भने बर्दियाको भन्दा कम उजुरी परेको छ। रोल्पाबाट ९७ रुकुमबाट ४५ जनाको मात्रै बेपत्ता पारिएको भन्दै उजुरी परेको छ।
आयोगले बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भए आयोगको टोल फ्री नम्बर १६६०-०१-२२१११ मा सम्पर्क गरेर सूचना दिन सकिने बताएको छ। त्यस्ता सूचना तथा प्रमाण उपलब्ध गराउन भने कुनै समय समय तोकिएको छैन। आयोगका अनुसार त्यस्ता सूचना तथा प्रमाण आफ्नो अनुकूल समयमा पठाउन सकिने छ।
आयोग भन्छ- मन्त्री मगर आशिंक बेपत्ता
बेपत्ता पारिएको छानबिन आयोगले भने मन्त्री मगरको उजुरी आशिंक बेपत्ताका रुपमा परेकाले उनको नाम पनि त्यसै अनुसार समावेश गरिएको जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया