नुवाकोटमा आगामी साताबाट राष्ट्रिय दादुरा रुबेला खोप अभियान सुरु गरिने
नुवाकोट । नुवाकोटमा आगामी चैत्र ४ गते देखि राष्ट्रिय दादुरा रुबेला खोप अभियान २०७६ सुरु हुने भएको छ ।
पहिलो चरणमा नुवाकोटको बिदुर नगरपालिका, म्यागङ गाउँपालिका, तादी गाउँपालिका, शिबपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र सुर्यगढी गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुने छ । पहिलो चरण अभियान चैत्र ४ गतेबाट सुरु भई ८ गते सम्म सञ्चालन हुने स्वास्थ्य कार्यलय नुवाकोटले जनाएको छ ।
यस्तै, दोश्रो चरणको अभियान चैत्र १५ गतेदेखी १९ गते सम्म अभियान सञ्चालन हुने छ । दोश्रो चरण अन्तर्गत बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका, लिखु गाउँपालिका, तारकेश्वर गाउँपालिका, लिखु र पञ्चकन्याँ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ । नुवाकोटको २३ हजार ९ सय ६५ जना बालबालिकालाई दादुरा रुबेला बिरुद्ध खोप लगाइने स्वास्थ्य कार्यलय नुवाकोटको खोप अधिकृत राजाराम कार्कीले बताउनुभएको छ । जिल्लाको १२ वटा स्थानिय तहमा ६ सय ९० २० वटा खोप केन्द्र सञ्चालन गरिने भएको छ ।
बालबालिकालाई दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताउनुभएको छ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका रोगहरु लाग्ने भएकोले नजिकको खोप केन्द्रमा खोप केन्द्रमा गएर खोप लगाउन उहाले आग्रह गर्नुभएको छ ।
अभियान सञ्चालन गर्नको लागि १२ सय ३२ जना स्वयसेवक खटिने छन् भने १ सय ६२ जना खोप कार्यकर्ता परिचालन गरिने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया