पार्टीभित्र विचार होइन भागबन्डाको लडाइँ छ : कोइराला
नुवाकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले काँग्रेसभित्र विचार नभई भागबन्डाको लडाइँ रहेको बताउनु भएको छ ।
नेपाली काँग्रेस गोरखाले आज पार्टी कार्यालय तीनधारेमा आयोजना गरेको जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “पार्टीभित्र विचारको लडाइँ छैन, भागबन्डाको लडाइँ छ, मलाई त्यहाँनेर चित्त दुखेको छ ।” विचारका आधारमा गुट नबनेकाले पार्टीमा समस्या सृजना भएको उहाँको भनाइ थियो । केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टीभित्र विवाद समाधान हुन नसकेको भन्दै चर्को आलोचनासमेत गर्नुभयो ।
आफ्नो कार्यकाल सकिँनै लाग्दा सभापतिले केन्द्रीय सदस्य, विभाग संयोजक, आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गर्नु सकारात्मक कार्य नभएको उहाँले बताउनुभयो । “१४औँ महाधिवेशनको मुखमा विभागहरु गठन गरेर केही काम गर्ने समय नै बाँकी रहँदैन”, उहाँले भन्नुभयो, “समयमा विभाग गठन गर्न सकेको भए त्यसले पार्टी हित हुन्थ्यो ।”
केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापतिले महाधिवेशन सकिएको दुई महिनाभित्रमा गर्नुपर्ने काम आफ्नो कार्यकाल सकिनै लाग्दा गरेको भन्दै त्यस्तो कार्यशैलीले कहिल्यै पार्टी बन्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले पार्टीभित्रका विवादलाई हल गरेर अघि बढ्न सकेमात्र काँग्रेसलाई सृदृढ पार्टीका रुपमा निर्माण गर्न सकिने भन्दै व्यक्तिगत फाइदाका लागि पार्टी हित विपरीत कसैले काम गर्न नहुने बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया