समाजबादी पार्टी रसुवाको कार्यबाहक अध्यक्षमा एम्बि लामा नियुक्त
विदुर खबर
२०७६ फागुन २९ गते २०:३९
रसुवा । समाजवादी पार्टी रसुवाको कार्यबाहक अध्यक्षमा एम्बि लामा नियुक्त भएका छन् ।
समाजवादी पार्टी जिल्ला समन्वय समिति रसुवाको बुधबार बसेको बैठकले जिल्लाको कार्यबाहक अध्यक्षमा लामालाई नियुक्त गरेको हो । यसअघिका अध्यक्ष टेकप्रसाद लामिछानेले पार्टीबाट राजिनामा दिएको र उपाध्यक्ष रहेका लामालाई पार्टीको बैठक बसि कार्यबाहक अध्यक्षको जिम्मेबारी दिइएको समाजवादी पार्टी रसुवाका सचिब अनन्त न्यौपानेले बताए ।
पार्टीमा राजनितिक तरंग आएपछि लामिछाने भने राष्ट्रिय स्वतन्त्र अभियानका लागि गएका छन् । २१ जनाको कार्यसमिति रहेको समाजवादी पार्टी रसुवाले जिल्लामा संगठन बिस्तार तथा शुद्धिकरण अभियान संचालनमा लागिपरेको समेत न्यौपानेले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया