राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता गर्ने सहमति, तीन अध्यक्ष रहने
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । र, एकताको घोषणा २८ गते हुनेछ ।
शनिबार राति भएको १०बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् । सत्तारुढ र प्रमुख प्रतिपक्षी बाहेक राष्ट्रियता र प्रजातन्त्रको धरातलमा खडा भएको राजनीतिक शक्तिको उपस्थिति जनताले खोजेकाले पार्टी एकता गर्ने सहमति गरेको नेताहरुले बताएका छन् ।
सहमतिअनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ भने कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी तीन जना अध्यक्ष रहनेछ ।पार्टीको नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाको रुपमा राजसंस्था रहने लगायत हुनेछ । अहिले राप्रपाको झण्डा नै एकीकृत पार्टीको झण्डा हुनेछ भने चुनाव चिन्ह टुंगो लागेको छैन । यसबारे पार्टीको उपयुक्त निकायबाट ६ महिनाभित्र निर्णय लिने सहमति छ ।
यस्तै आगामी ढेड वर्षभित्र महाधिवेशन गर्ने, त्यसबेलासम्म पार्टीको दैनिक कार्यसञ्चालनका लागि तीन अध्यक्ष रहने निर्देशक समिति बनाइनेछ । पार्टी एकताको आधारपत्र र कार्यविधि निर्धारण गर्ने राप्रपाका दीपक बोहोरा, बुद्धिमान तामाङ र भास्कर भद्रा तथा राप्रपा संयुक्तबाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना रहेको कार्यदल समेत गठन गरिएको तीन नेताद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया