नेकपा नुवाकोटका जिल्ला कमिटि सदस्य जेल चलान
काठमाडौं । लुटपाट तथा गठी आरोपमा पक्राउ परेका नुवाकोटका मिलन लामा जेल चलान भएका छन् ।
ठगी आरोपमा शुक्रबार (आज) भएको थुनछेक बहसमा जिल्ला अदालत काठमाडौंले १० लाख रुपैयाँ धरौटी माग गरेको र उक्त रकम बुझाउन नसकेपछि लामालाई जेल चलाउन गरिएको महानगरीय प्रहरी वृत्त महाराजगंजले जानकारी दिएको छ ।
यस अघि लामा माघ २० गते काठमाडौंको बसुन्धराबाट लुटपाट गरी भागेका थिए । लामाले चेक तथा पैसा लुटपाट गरी ज्यान मार्नेसम्मको धक्मी दिएर भागेको आरोपमा परेको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीको फरार सूचीमा रहेका लामालाई महाराजगंज प्रहरीले माघ २८ गते राती बसुन्धराबाट पक्राउ गरी अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
गुण्डाका नाईके समेत रहेका लामा यस अघि पनि कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा जेल जलान भइसेका व्यक्ति हुन् । नुवाकोटको तत्कालिन महाकाली गाविस हाल शिवपुरी गाउपालिका स्थायी घर भएका लामा नेकपा नुवाकोटको जिल्ला कमिटि सदस्य समेत हुन् ।
लामा यस अघि २०६७ सालमा हातहतियार तथा खरखजाना मुद्दामा प्रहरी वृत्त बालाजु र २०७० सामा ज्यान मार्ने उद्योग अन्तरगत प्रहरी वृत्त महाराजगंजले मुद्दा चलाई सजाय पाइसकेका अभियुक्त हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया