आजको मौसम : पहाडी भेगका केही ठाउँमा पानी पर्ने
नुवाकोट । बुधबार पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिन थालेकाले बुधबार पहाडी भेगमा बादल लाग्नुको साथै केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । अहिले काठमाण्डौ उपत्यकासहित मध्य र पश्चिमी पहाडमा हल्का बादल लागेको छ । बुधबार राति देशभर नै बादल लागेर पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा सामान्य हिमपातको समेत सम्भावना रहेको छ ।
यस्तै बिहीबार र शुक्रबार पनि देशभर बादल लागेर केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । हिमाली पदयात्रामा निस्किएका पदायात्रीहरुले सचेत भएर यात्रा गर्न पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया