ओमानविरुद्ध पहिलाे खेलकाे बदला लिने दाउमा नेपाल
नुवाकोट । आईसीसी विश्वकप लिग २ छनाेटअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले तेस्रो खेलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिवि मैदान किर्तिपुरमा हुने खेल बिहान साढे नौ बजे सुरु हुनेछ । ओमानविरूद्धको खेलबाट यो सिरिज सुरूवात गरेको नेपाल पहिलो खेलमा नै १८ रनले पराजित भएको थियो ।
सात एक दिवसीय र एक लिस्ट ए मा प्रतिस्पर्धा गरेको नेपालले तीनमा जित र पाँचमा हार बेहोरेको थियो । टी-२० विश्वकपमा स्थान बनाएको ओमानविरुद्ध नेपालले सन् २०१३ यता जित निकाल्न सकेकाे छैन । त्यसैले नेपाल ओमान विरुद्ध उत्रदा सात वर्ष पछि जीत हात पार्ने लक्ष्यमा हुनेछ ।
लिग २ मा ६ खेल खेलेको ओमान चार अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । अमेरिका शीर्ष स्थानमा हुँदा समान अंक भए पनि रनरेटमा ओमान दोस्रो स्थानमा छ । जारी प्रतियोगितामा लगातार २ खेलमा जित निकालेको ओमान आफ्नो जितको यात्रालाइ कायम राख्न चाहन्छ । उसले अमेरिकालाइ पनि ६ विकेटले हराएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया