युवतीलाई बलात्कर गरेको अभियोगमा धादिङका हेमनसिंह बस्नेत पक्राउ
विदुर खबर
२०७६ माघ २१ गते ८:४६
धादिङ । धादिङको गजुरी गाउँपालिका ८ बस्ने स्काभेटर चालक हरिकृष्ण भन्ने हेमनसिंह बस्नेतलाई एक युवती बलात्कर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
गत जेठ १४ गते गजुरी नजिकै हलेदे खोलामा एक १६ वर्षे युवतीलाई बलात्कार गरेपछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको छ। बस्नेतले ती युवतीको घरको ढोका फुटाएर घरभित्र प्रवेश गरी मुख थुनेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ।
उक्त घटनापछि भारत फरार भएका बस्नेत वैदेशिक रोजगारीमा जाने तयारीका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीका लागि कुबेत जान लागेको बेला प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका वस्नेतलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको सीआईवीले जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया