गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति
विदुर खबर
२०७६ माघ १३ गते १५:३१
गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
सोमबार बिहान प्रहरीमा उपस्थित भएकी राउतलाई महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि सरकारी वकिल मार्फत जिल्ला प्रशासनमा अनुरोध गरेको थियो।
त्रिभुवन विमानस्थलको सुरक्षा चेकिङमा रहेकी महिला प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। राउतले फेसवुक लाईभ गर्दै उक्त विषयमा प्रतिक्रिया दिएकी थिइन्। पछि उनले उक्त भिडियो हटाएकी थिइन्। विमानस्थल प्रकरणको सीसीटीभी फुटेज सार्वजनिक भइसकेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया