नुवाकोटका नकुर तामाङ लाखौ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ
प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डाँका गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेर डाँका कार्यमा संलग्न छ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङका भीमबहादुर घर्तीमगर, नुवाकोटका नकुर तामाङ, रसुवाका दावा छिरिङ तामाङ र तेन्जिङबहादुर तामाङ, रामेछापका कुमारबहादुर बुढाथोकी र काठमाडौँका २८ वर्षीय सञ्जित वाइवा रहेका छन् । महाशाखाले आज पत्रकार सम्मेलन गरी विभिन्न बहाना बनाई प्रलोभनमा पारेर लाखौँ रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिएको हो । सो अवसरमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाल्चोकका एक व्यक्तिसँग विभिन्न प्रलोभन पारेर रु ५० लाख लुटेर फरार रहेको समूहलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
“पीडित व्यक्तिलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्केर रु ५० लाख लुटपाट गरी फरार रहेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । प्रहरीले पक्राउ परेकासँग नगद रु १८ लाख ७५ हजार ५००, चोरीको मोटरसाइकल एक थान, मोटरसाइकल तीन थान, सुनको औँठी एक थान र विभिन्न कम्पनीका मोबाइल बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया