टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु
रासस÷सिन्ह्वा) ः टर्कीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । शुक्रबार आएको ६.८ म्याग्नीच्युडको भूकम्पका कारण अरु ५ सय भन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
टर्कीको राजधानी अङकारादेखि पूर्वी क्षेत्रमा पर्ने एलाजिग प्रान्तमा स्थानीय समयानुसार शुक्रबार बेलुका ८.५५ मा भूकम्प आएको हो । स्वास्थ्य मन्त्री फहरेटिन कोकाले मृत्यु भएका मध्ये १३ जनाको एलाजिग प्रान्तमा र अरु पाँच जनाको छिमेकी मालात्य प्रान्तमा मृत्यु भएकोे जानकारी दिनुभयो । त्यसैगरी गृह मन्त्री सुलेमन सोयलुले पनि घटनामा परी ५०० जनाभन्दा बढी घाइते भएको पुष्टि गर्नुभयो । उहाँले घटनास्थलहरुमा खोजी तथा उद्धारकार्य भइरहेको र तीस जना भत्किएको घर भित्र पुरिएको पनि जानकारी दिनुभयो । प्रत्यक्षदर्शीहरुका अनुसार कम्तीमा १० देखि १२ सेकेण्डसम्म कम्पन भएको थियो । त्यो निकै शाक्तिशाली थियो । “हामीलाई यो रात निकै गाह्रो भयो,” एक भूकम्प पिडितले भने ।
उनीहरुका अनुसार त्यतिबेला तापक्रम माईनस पाँच डिग्री सेल्सियस पुगेको थियो । भूकम्पपछि दर्जनौ पटक पराकम्प पनि आएको बताइएको छ । भूकम्पको प्रभाव चार ओटा प्रान्तमा परेको विवरणहरु आएको अधिकारीहरुले जनाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया