लाङटाङ राष्ट्रिय निकुञ्जमा एक महिनामा २९ लाख राजश्व संकलन
विदुर खबर
२०७६ पुष ३ गते १९:२६
रसुवा ।लाङटाङ राष्ट्रिय निकुञ्ज रसुवाले मंसिर महिनाको राजश्व करिब २९ लाख ९८ हजार ६ सय ८५ रुपैया ४५ पैसा संकलन गरेको छ ।
निकुञ्जका वन प्राविधिक एवम रेन्जर बस्नेतका अनुसार पर्यटक, वन पैदावार, तथा अन्य विवरणबाट यति रकम उठेको हो । यस मंसिर महिनामा मात्रै नेपाली ५ सय ७० जना सार्क राष्ट्रका २४ जना, विदेशी आठ सय ८९, हेलिकप्टरबाट १४ रहेका छन् ।
यस्तै वन पैदावार तर्फ काठ १४ सय ५० घनमिटर दाउरा १/२ चट्टा , बालुवा २७ घनमिटर ढुङगा २५ घनमिटर रहेको छन् । उठेको कुल राजश्वमा पर्यटनबाट मात्रै २७ लाख ६० हजार उठेको छ ।
यस मंसिरमा मात्रै भालु आतङकबाट ३ जना घाइते भए भने अन्य अन्न वाली नोक्सानी भालु र बदेलबाट ५१ वटा रहेको रेन्जर बस्नेतले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया