पन्चकन्या गाउँपालिकामा प्रभावकारी बन्दै वडाअध्यक्षसँग कृषि कार्यक्रम
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिकाले शुरु गरेको वडाअध्यक्षसँग कृषि कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
गाउँपालिकाको आयोजनामा भएको सबै वडामा हुने कार्यक्रममा वास्तवकि कृषकहरुले सेवा सुविधा पाएको कृषकहरुले बताएका छन । कार्यक्रम अन्र्तगत सोमवार वडा नम्बर २ को कठेरीमा कार्यधक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा स्थानिय कृषकहरुसँग रहेका बिग्रीएका निशुल्क निर्माण गरिएको वडाअध्यक्ष धुव्र मिश्रले जानकारी दिए । वडाअध्यक्ष मिश्रका अनुसार गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा कृषकहरुको उत्साहजनम सहभागिता रहेको बताए । उनले आफु पनि कृषि प्राविधिक भएकोले कृषकहरुको पिर मर्का बुझेर गाउँपालिकामा सो कार्यक्रम शुरु गरेको बताए ।
यस अघि सो कार्यक्र वडा नम्बर १ मा प्रभावकारी रुपमा सम्पन्न भइसेको छ । वडाअध्यक्ष मिश्रले कृषकहरुको पिरमर्का बुझेर आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर संचालन गरिने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया