सागका स्वर्ण विजेताले ९ लाख पाउने
विदुर खबर
२०७६ मंसिर २५ गते १७:१७

नुवाकोट । सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ ।
बुधवार प्रभधानमन्त्रि केपी शर्मा ओलीले वालाुवाटारमा आयोजित कार्यक्रममा व्यक्तिगततर्फ स्वर्ण विजेताहरुलाई ९ लाख दिने घोषणा गरेका हुन ।
त्यस्तै रजत विजेताले ६ लाख र कास्य विजेतालाई प्रोत्साहनस्वरुप ३ लाख रुपैयाँ पाउने बताइएको छ ।
त्यस्तै समुहतर्फ स्वर्ण विजेताले ६ लाख रुपैयाँ पाउने भएका छन ।
सम्बन्धित
प्रतिक्रिया