महिला फुटवलको स्वर्णको लागि नेपाल र भारत भिड्ने
विदुर खबर
२०७६ मंसिर १९ गते १७:४६
नुवाकोट । काठमाण्डौमा जारी १३ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्र्तगत महिला फुटवलको स्वर्णको लागि नेपाल र भारत भिड्ने भएका छन ।
सावित्रा भण्डारीको ह्याट्रिकसँगै माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामामा बिहिबार भएको खेलमा माल्दिभ्सलाई ३-० गोल अन्तरले पछाडि पार्दै नेपालले फाइनलमा अफ्नो स्थान बनाएको हो । फाइनल खेलमा नेपाल र भारत भिड्ने छन् । नेपालका लागि पूरा गरिन् ।
खेल सुरु भएको १६ औँ मिनेटमा साबित्राको गोलमार्फत नेपालले सुरुआती अग्रता लिएको थियो । यस्तै खेलको २० औँ मिनेटमा र खेलको इन्जुरी समयमा दुई गोल गर्दै साबित्राले ह्याट्रिक पूरा गरेकी हुन् । साबित्राले नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाले बनाएको ३५ गोलको कीर्तिमान तोडेकी छन् । नेपाल र भारत बिच हुने फाइनल खेल शनिबार २ बजे रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया