मध्यरातमा नाइट क्लबमा भेटिएपछि चार फुटबलर राष्ट्रिय टिमबाटै हटाइए
अखिल नेपाल फुटबल संघ (एन्फा)ले विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई राष्ट्रिय फुटबल टिमबाट हटाएको छ ।
विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका बिमल, अञ्जनसँगै दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले कारबाही गरेको हो । चारै जना भुटान जानु अघिल्लो रात शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए ।अनुशासन उल्लंघन गरेका उनीहरुलाई तत्काल टिमबाट निकालिएको र थप कारबाही बारे एन्फाको आगामी बैठकले निर्णय लिने प्रवक्ता किरण राईले बताए । उनले भने, ‘ठमेलको नाइट क्लबमा गएर मातिएको अवस्थामा भेटिएपछि विमल, अञ्जन, दिनेश र सन्तोषलाई टिमबाट तत्कालको लागि हटाइएको छ ।’नेपाली टिम शनिबार (आज) कुवेतविरुद्ध खेल खेल्न भुटान जाने कार्यतालिका थियो ।
नेपालले मंसिर ३ गते कुवेतविरुद्ध खेल्दैछ ।तर चार खेलाडी टिमबाट निकालिँदा कुवेतविरुद्ध हुने खेल समेत प्रभावित हुनेछ । किनकी कारबाहीमा परेका चारै खेलाडी नेपाली टोलीको पहिलो रोजाईका सदस्यहरु हुन् ।एन्फा प्रवक्ता राईले पनि त्यसलाई स्वीकार गरे । उनले भने, ‘यसले टिममा निकै ठूलो असर पारेको छ । तर हामीसँग अन्य खेलाडी पनि एकसेएक छन् ।’चार जना खेलाडीलाई टिमबाट हटाएर सुबास गुरुङलाई टिममा समावेश गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया