एनयुएफसी कप छात्रातर्फको उपाधि वेथेल एकेडेमीलाई

विदुर खबर २०७६ कार्तिक ३० गते १५:१२

नुवाकोट । नुवाकोटमा जारी एनयुएफसी कप अन्तर मावि फुटवल प्रतियोगिताको महिलातर्फको उपाधि वेथल एकेडेमी कोलनीले हात पारेको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा केहीवेर अघि सम्पन्न खेलमा नुवाकोटको भैरवी माविलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दे वेथेल एकेडेमीले उपाधिमाथि कब्बा जमाएको हो । उपाधिसँगै वेथेल एकेडेमीले १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र हात पारेको छ ।

त्यस्तै दोस्रो स्थान हात पारेको भैरवी माविले ५ हजार नगद,कप,मेडल र प्रमाणपत्र हात पारेको हो ।
नुवाकोट युनाइटेड फुटवल क्लबको आयोजनामा भएको प्रतियोगितामा छात्रातर्फ ४ विद्यालय सहभागी भएका थिए भने छात्रतर्फ १४ विद्यालय सभागी भएका छन । छात्रतर्फ उपाधिको लागि अहिले बट्टारको हिमालयन एकेडेमी र चौघडाको शान्तिकुञ्प एकेडेमीले प्रतिष्पर्धा गरिरहेका छन ।

Advertisement

यो पनि पढ्नुहोस ।

एनयुएफसी कप : क्षेत्रपाल र रणभुवनेश्वरीको शानदार शुरुवात

हिमालयन एकेडेमी र नेशनल वेथेल एकेडेमीको विजयी शुरुवात

 

Advertisement

प्रतिक्रिया