क्रिकेटका बादशाह सचिन तेन्दुलकर नेपालमा
विदुर खबर
२०७६ कार्तिक ३० गते १०:२०

काठमाडाैं । भारतका प्रसिद्ध क्रिकेटर सचिन तेन्दुलकर नेपाल आएका छन् । उनी युनिसेफको सद्भावना दूतको हैसियतमा शुक्रबार राति नेपाल आइपुगेका हुन् ।
सचिनले शनिबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बालबालिकाहरुसँग मैत्रीपूर्ण क्रिकेट खेल्ने कार्यक्रम रहेको छ । खेल १० ओभरको हुनेछ । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल डाकेको हो । उनी (आज) शनिबार नै भारत फर्कनेछन् ।
सम्बन्धित
प्रतिक्रिया