राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, दाहाल र आलेको उम्मेदवारी
काठमाडौं, ४ चैत– राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आइतबार निर्वाचन हुँदैछ । राष्ट्रियसभा उपाध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ ।
दुवै महिला उम्मेद्वार रहेका छन् । उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल र नेपाली काँग्रेसकी वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रियसभाको आइतबार बस्ने बैठकमा उपाध्यक्ष पदको निर्वाचन हुनेछ ।
निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्छिन् ।
राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसकेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया