नुवाकोटको मेरो माईक्रोफाइनान्सको खुद नाफा ५६% ले बढ्यो
नुवाकोट। नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा आकर्षक बढोत्तरी भएको छ।
बिहीबार सार्वजनिक भएको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणमा कम्पनीको खुद नाफा अघिल्लो आवको यसै अवधिको तुलनामा ५५.९२ प्रतिशतले बढेको हो। चालु आवको असोज मसान्तसम्ममा माईक्रोफाइनान्सले ४ करोड २७ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको असोजमा लघुवित्तले २ करोड ७४ लाख ४ हजार खुद नाफा आर्जन गरेको हो। एक वर्ष अवधिमा कम्पनीले १ करोड ५३ लाख २५ हजारले खुद नाफा बढाएको हो।
माइक्रोफाइनान्समा निष्कृय कर्जा अनुपात ०.१२ ले बढेर १.६० प्रतिशतमा पुगेको छ। नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले पूँजी बढोत्तरी पश्चात अन्य लघुवित्तसँग मर्जरका लागि मर्जर कमिटी समेत गठन गरेको छ। माइक्रोफाइनान्स मर्जर तथा प्राप्तीबाट संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धा तथा कर्जामा दोहोरोपनमा कमी आउने हुँदा आगामी दिनमा अझ प्रगति गर्दै शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्नेमा केन्द्रित रहेको देखिन्छ। गत आवको मुनाफाबाट समेत लघुवित्तले आफ्ना शेयरधनीलाई ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सो बोनस पारित गर्न कम्पनीले कात्तिक २९ गते शुक्रबार होटल वाटर टावर, नुवाकोट बट्टारमा बिहान ११ बजे सातौं साधारण सभा बोलाएको छ।
यसैगरि अन्य उपुयक्त लघुवित्तीय संस्थालाई गाभ्न वा प्राप्ति गर्न गर्ने सम्बन्धमा निर्णय गर्न साधारण सभा मार्फत सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गर्दैछ । सातौं वार्षिक साधारण सभामा लाभांश अनुमोदन, मर्जर प्राप्ती सहितका ८ वटा प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा निर्धारण गरिएको छ।प्रमुख कार्यकारी अधिकृत तथा लघुवित्त संघको कोषाध्यक्ष समेत रहेका रामहरि दाहालको कुशल व्यवस्थापन र ८ वाणिज्य र २ विकास बैंकहरुले प्रवद्र्धन गरेको कारण पनि लघुवित्तले शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्न सफल हुँदै आइरहेको छ।लघुवित्तले १११ शाखा कार्यालय मार्फत एक लाख बढी विपन्न घरपरिवारमा लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया