रसुवागढी नाकाबाट भेडाच्याङ्ग्राको आयात घट्यो
रसुवा । पछिल्लो समय रसुवागढी नाकाबाट भेडाच्याङ्ग्राको आयात घट्दै गएको छ । पछिल्लो पाँच वर्षमा तिब्बतबाट ल्याइने भेडाच्याङ्ग्रा आयात घट्दै गएको व्यापारीले बताएका छन् ।
२०७० साल अघिसम्म वार्षिक पाँच हजारदेखि १० हजारको संख्यामा भेडाच्याङ्ग्रा आयात हुने गरेको व्यापारी दिवाकर न्यौपानले बताउनुभयो । उहाँकाअनुसार भेडाच्याङ्ग्राको मूल्यवृद्धि, सीमामा कडाइ र नेपाल मासुमा आत्मनिर्भर बन्दै गएकाले आयातमा कमी आएको हो । गएको दशैँमा दुई सय ३० ओटा भेडाच्याङ्ग्रा आयात भएकोमा तिहारमा भने ६० ओटा भेडाच्याङ्गा मात्रै आयात भएको छ । २०७० सालमा दुई सय दुई, २०७१ मा एक सय ८०, २०७३ मा दुई सय ५०, २०७४ सालमा ५५ तथा २०७५ मा ४ सय ७० ओटा भेडाच्याङ्ग्रा आयात भएको थियो । ‘दशैँको तुलनामा तिहारमा भेडाच्याङ्ग्रा कम आयात गर्ने गरेका छौँ’, न्यौपानेले भन्नुभयो, ‘तिहारमा माग कम हुन्छ ।’
उहाँले केरुङबाट सुरुमा प्रति भेडाच्याङ्ग्रा सात सय रुपैयाँमा ल्याउनुभएको थियो । अहिले एउटा भेडाच्याङ्ग्राको मूल्य २२ हजार रुपयाँसम्म पर्छ । एक पटकमा एक हजारसम्म भेडाच्याङ्ग्रा आयात गरेको उहाँको भनाइ छ । नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडाच्याङ्ग्रा आयात गर्ने गरेका छन् । केरुङसम्म त्यहाँकै व्यापारीले ल्याउँछन् । नेपाली व्यापारी भेडाच्याङ्ग्रा लिन २४ किलोमिटर टाढासम्म पुग्छन् । आयात गरिएको भेडाच्याङ्ग्रा रसुवामा नै बिक्री गरिन्छ । गएको वर्षभन्दा अहिले बढी मूल्य परेको, गाडीको चाप र झन्झटिलो भएको कारण समस्या भएको उहाँको भनाइ छ । २०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडाच्याङ्ग्रा आयात हुने गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया