नुवाकोटका सांसद पाण्डेको चियापान शुक्रवार
विदुर खबर
२०७६ कार्तिक ५ गते २१:४१
नुवाकोट । प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य केशव पाण्डेको सचिवालयले तिहार,नेपाल सम्बत ११४०, छठ र ल्होसार पर्वको शुभकामना आदानप्रदान गर्न आगामी शुक्रवार चियापान कार्यक्रमको आयोजना गरेको छ ।
काठमाण्डौको दिपज्योति शिवमन्दिर परिषरमा दिउँसो १ बजेदेखि आयोजना हुने चियापान कार्यक्रममा उपस्थितिको लागि सचिवालयले सबैमा आग्रह गरेको छ । पाण्डे नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा १ का सांसद हुन ।
चियापान कार्यक्रममा केन्द्र र प्रदेशका मन्त्रिहरु तथा सांसदहरुसमेत सहभागि हुने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया