तनहुँमा जीप र बस एकापसमा ठोकिँदा एक जनाको ज्यान गयो
विदुर खबर
२०७६ असोज २६ गते १२:०७
तनहुँ । तनहुँमा जीप र बस एकापसमा ठोकिँदा चालकको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका-१ तल्लो गुणादीस्थित पृथ्वीराजमार्गमा नवलपरासीबाट पोखरा जाँदै गरेको लु १ च ७०४१ नम्बरको केरा बोकेको जीप र पोखराबाट दमौली आउँदै गरेको ग १ ख ४०२२ नम्बरको बस एकआपसमा ठोक्किँदा जीप चालक घाइते भएका थिए।
घाइते नवलपरासी सरावल गाउँपालिका-१ का २२ वर्षीय रमेश थारुको उपचारका क्रममा दमौली अस्पतालमा आइतबार बिहान मृत्यु भएको तनहुँका प्रहरीले जनाएको छ । जीपमा चालक मात्र सवार थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया