टोखा-छहरे सुरुङमार्ग बन्ने खबरले नुवाकोटबासी उत्साहित
नुवाकोट । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने खबरले स्थानीय बासिन्दा उत्साहित बनेका छन् । उनीहरूले सुरुङ मार्ग विकासको कोसेढुंगा हुने भएकाले प्राथमिकतामा राखेर निर्माण गर्नुपर्नेर् जोड दिए ।
चीनको सीमा जोडिएको रसुवागढी नाकादेखि नुवाकोट हुँदै काठमाडौं जोड्ने सुरुङ मार्ग निर्माण भए व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवर्द्धन हुने र राजधानी काठमाडौं छिट्टै पुगिने नुवाकोट र रसुवावासी बताउँछन् । शिवपुरी गाउँपालिका–८ का खन्याचौरका स्थानीय किसान पशुपति न्यौपानेले भने, ‘सुरुङ मार्ग छिटो बने छोराछोरीलाई पढाउन कोठा लिएर काठमाडौंमा राख्नु पर्दैन । बिरामी भए छिट्टै अस्पताल पुगिन्छ । तरकारी काठमाडौंको बजारमा लान सजिलो हुन्छ ।’ सानो होटल र कपडा पसल चलाउँदै आएका लिखुगाउँपालिकाका ६ छहरेका राजाराम सिलवाल सुरुङ मार्ग निर्माणले व्यवसाय बढ्ने बताउँछन् । रसुवागढी हुँदै काठमाडौं छिचोल्ने सुरुङ मार्ग निर्माणले व्यापार व्यवसाय र कलकारखाना खुल्ने नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटाको बुझाइ छ । ‘सुरुङ बन्ने हल्लाले आर्थिक कारोबार बढेको छ,’ उनले भने । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले सुरुङ मार्ग निर्माणपछि ग्रामीण पर्यटनको विकास हुने विश्वास व्यक्त गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया