अभिनेता सलमानको घरमा प्रहरीको छापा
विदुर खबर
२०७६ असोज २६ गते ९:१३
बलिउडका चर्चित अभिनेता सलमान खान कुनै न कुनै विवादमा आइरहन्छन्।
सुटिङ स्पटमै सहकर्मीसँग झगडा गरेर होस् या उनले हाँकेको गाडीले ठक्कर दिँदा या हरिण मारेको घटनाले, उनी बेलाबखत मिडियामा छाइरहन्छन्। उनको घरमा काम गर्ने कामदारलाई बुधबार प्रहरीले पक्राउ गरेपछि उनी फेरि विवादमा तानिएका छन्। २९ वर्षदेखि प्रहरीको खोजीमा रहेका ६२ वर्षीय शक्ति सिद्धेश्वर राणा विगत १० वर्षदेखि सलमानको घरको रेखदेख गर्दे आएका थिए।
मुम्बई प्रहरीको सक्रियतामा गोराईस्थित सलमानको बंगलाबाट राणालाई पक्राउ गरिएको हो। उनीमाथि चोरी र कुटपिटको आरोपमा उजुरी दर्ता भएको थियो। उजुरी पर्नासाथ पक्राउ भएका राणा जमानतमा रिहा भएपछि फरार भएका थिए। फरार राणा सलमानको घरमा काम गर्दै आएका थिए।राणा त्यहाँ रहेको जानकारीपछि मुम्बई पुलिसको अपराध शाखाले छापा मारी पक्राउ गरेको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया