समाजसेवी श्रेष्ठद्धारा लिखुका नरबहादुर नेपालीलाई सहयोग

विदुर खबर २०७६ असोज २५ गते १९:२३

लिखु । समाजसेवी एवं युवा ब्यवसायी शैलेस श्रेष्ठले लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा रहेका गरिव परिवारलाई जिविकोपार्जनका सामग्री हस्तान्तरण गरेका छन ।

Advertisement

चौघडाका नरवहादुर नेपालीलाई उनले जिविकोपार्जनका विभिन्न सामग्री नेपालीको घरमै पुगेर वितरण गरेका हुन । आफुले कमाएको केही प्रतिशत रकम गरिब तथा असाहयको लागि वितरण गर्ने कार्यक्रम अन्र्तगत आफुले नेपालीलाई भाडा वर्तन वितरण गरेको श्रेष्ठले बताए । नेपालीलाई उनले दैनिक भान्सामा प्रयोग हुने प्रेसरकुकर, कराई , थाल, लोटा , चिया दानी, ग्लास, चम्चा,डाडु, पन्यूँ, बाटा, बाल्टीन लगाएतका सामग्री हस्तान्तरण गरेका हुन । आगामी दिनमा गाउँका अन्य गरिब तथा असायलाई पनि सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै भान्छामा प्रयोग गर्ने भाडा वर्तन पाएपछि नेपालीले खुसी व्यक्त गरेका छन । नेपालीले गाउँपालिकाले गर्नुपर्ने काम गरेर श्रेष्ठले आफै गरेर उदाहरणिय काम गरेको बताए । यसअघि श्रेष्ठले लिखु गाउँपालिकाकाबाट जिल्लास्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरुलाई साईकल साइकल एवं विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

Advertisement

प्रतिक्रिया