‘फिल्मीखबर वर्ष व्यक्ति’ सम्मान धुर्मुस र सुन्तलीलाई
विदुर खबर
२०७४ चैत १ गते १३:०३

काठमाडौं । ‘फिल्मीखबर वर्ष व्यक्ति’ सम्मानबाट सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सम्मानित भएका छन् । चलचित्र सम्बन्धी साप्ताहिक पत्रिका ‘फिल्मीखबर साप्ताहिकले उनीहरुलाई ‘फिल्मीखबर वर्ष व्यक्ति’बाट सम्मान गरेको हाे ।
फिल्मीखवर साप्ताहिकले प्रकाशनको ८ वर्ष पूरा भएको अवसर पारेर बिहीबार सम्मान गरेको हो ।
कार्यक्रममा सम्मानित भएका सिताराम कट्टेलले धुर्मुस सुन्तली फाउण्डेशन सिताराम र कुञ्जनाको मात्रै नभएर हामी सबैको साझा संस्था भएको भन्दै समाजसेवा जारी रहने बताए ।
सम्बन्धित
प्रतिक्रिया