रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नति सुरु
रसुवा ।चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको स्तरोन्नति सुरु भएको छ ।
निर्माणको जिम्मा पाएको टिबेट थियानलु कम्पनी लिमिटेडले सडकको स्तरोन्नतिको काम सुरु गरेको हो । शनिबार जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२, घट्टेखोलामा एक कार्यक्रम आयोजना गरी स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नति सुरु भएको घोषणा गरेको हो । चिनियाँ टोलीले ३९ महिनामा स्तरोन्नतिको काम सकाउने जनाएको छ । कालोपत्रेसहितको दुई लेनको सडक निर्माणका लागि ३ करोड ३९ लाख अमेरिकी डलर खर्च हुने छ । यो सडकको लम्बाइ १५.८ किलोमिटर रहेको छ ।
यसैगरी साढे ८ मिटर चौडाइमा कालोपत्रे गरिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ ।यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो । उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । सडक स्तरोन्नति गर्नुअगाडि त्यहाँ रहेका विद्युतीय पोल, खानेपानी पाइप तथा त्यहाँ रहेका घर टहरा हटाइसक्नु पर्छ । दुई महिनाभित्र विद्युतीय पोल सार्न र संरचना हटाउन चिनियाँ टोलीले आग्रह गरेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया