सिंगापुरद्वारा नेपाललाई १५२ रनको लक्ष्य प्रस्तुत

नुवाकोट । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनायो । सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए । सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मन प्रित सिंहले १५ रन बनाए । नेपालका लागि करण केसीले २ विकेट लिए । यस्तै डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिए ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा रहेको छ । सिरिजको फाइनलमा पुग्न नेपाललाई जित आवश्यक छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको अंक तालिकामा नेपाल अंक विहिन रहेको छ । जिम्बावे २ अंक जोडेर शीर्ष स्थानमा छ । सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ । यस्तै बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ ।
प्रतिक्रिया