एसियन साम्बो प्रतियोगितामा भाग लिने टोली भारत प्रस्तान
नुवाकोट । भारतको नयाँ दिल्लीमा मंगलबारबाट शुरु हुने एसियन साम्बो प्रतियोगितामा भाग लिने नेपाली टोली त्यसतर्फ लागेको छ ।
आगामी १० देखि १६ सेप्टेम्बरसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ५२ केजीमा निरज भण्डारी, ५५ केजीमा प्रविण गुरुङ,६० केजीमा आशिष तामाङ,६५ केजीमा विनु छन्त्याल,६८ केजीमा सुदिप थापा,कृष्णलाल तामाङ र रबिन्स तामाङ रहेका छन । यस्तै ६४ केजीमा दिनेश मर्हजन, ८२ केजीमा प्रदिप पाण्डे,९० केजिमा सुदिप आचार्य र सुदन लामा र १०० केजी समुहका सृजेश श्रेष्ठ रहेका छन । त्यस्तै महिलातर्फ ४४ केजी तौल समुहमा मिरा पौडेल,५२ केजीमा भगवति माझी, ५६ केजीमा सम्बारानी मर्हजन र ६० केजीमा रचना लामा रहेका छन ।
प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई सोमबार युवा तथा खेलकुद मन्त्रि जगतबहादुर विश्वकर्मा, रााष्ट्रिय खेलकुद परिषदका सदस्य बद्री प्रसाद अधिकारी र राखेपाका पुर्व सदस्य नारायण पौडेलले संयुत्त रुपमा बिदाई गरेका छन । मन्त्रि विश्वकर्माले खेलाडीहरुलाई प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दे देशको शिर उच्च बनाउन आग्रह गरेका थिए ।
प्रतियोगिामा सहभागिता जनाउन खेलाडी र अफिसियल गरि २५ भन्दाबढी सहभागिता जनाएका छन । साम्बो फेडेरेसनका अध्यक्ष तथा चिफ कोच धनन्जय श्रेष्ठ,उपाध्यक्षहरु पुरुषोत्तम शिंखडा,राजकुमार श्रेष्ठ, रमेश पौडेलर महासचिव उत्तम श्रेष्ठ, सचिव मदन पौडेल लगायत सहभागि भएका छन । प्रतियोगितामा ४५ देशका खेलाडीले सहभागिता जनाउनेछन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया