नेकपा नुवाकोटका तीन दर्जन कार्यकर्ता काँग्रेस प्रवेश
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी नुवाकोटका करिव तीन दर्जन कार्यकर्ता नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा नुवाकोट तथा ककनी गाँउपालीकाका अन्तर्गतका नेकपाका बिभिन्न कमिटीहरुमा रहेर काम गरेका ३४ जना कार्यबर्ता नेपाली कांग्रेस प्रवेश गरेका हुन । कांग्रेस प्रवेश गर्नेहरुमा प्रकाश लामा, जगदीश लामिछाने, दिनेश खनाल, शेष राज भटट, गोबिन्द लामिछाने, अनम तामाङ, रामकुमार नेपाल,सन्जिब तामाङ, राज तामाङ, अशोक लामा, ज्ञनराज घिमिरे, अर्पण लामा, धन ब लामा, झङकनाथ घिमिरे, उत्तर लामा, सुरज लामा, लगायत छन । काँग्रेस प्रवेश गरेका युवाहरुलाई शनिवार नेपाली काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले साधारण सदस्यता प्रदान गरेका हुन ।
कांग्रेस प्रवेश गरेकाहरुले समृद्ध नेपालको सपना देखेर नेकपालाई मतदान गरेपनि सरकार गठनपछि हत्या, हिंसा, अराजगता र भ्रष्टाचामा मुलुक डुवीरहेको अवस्थामा नेकपाबाट समृद्ध नेपाल बन्न नसक्ने ठहर गदै काँग्रेसमा प्रवेश गरेको बताए । कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले पार्टी प्रवेश गरेका युवाहरुलाई सरकारको कार्यशैलीबाट निरास नहुन आग्रह गरे । उनले नेपाली काँग्रेस संगठन निर्माण गर्न कृयाशील भएर लागीरहेको भन्दै वलियो संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया