पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध
विदुर खबर
२०७६ भदौ ८ गते ९:३९
रसुवा, शनिवार रातभर परेको बर्षाको कारण पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ ।
पासाङल्हामु राजमार्ग अन्तर्गत कालिका–स्याउबारीदेखि रसुवागढी सडक खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
बाढीले स्याफ्रुवेशी फुलुङ पुलभन्दा २ सय मिटर अगाडि सडक कटान गरेको छ । त्यस्तै तातोपानी लिङलिङमा माथीबाट लेदो माटो सहितको पहिरो आउँदा सडक अवरुद्ध भएको छ । यस्तै सोलेतर्फको ब्राबल सडक खण्ड समेत भासिएको जिल्ला प्रशासन कार्यालय रसुवाले. जनाएको छ । सडक सुचारुको लागि प्रयास भइरहेको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया