नेकपाको विवादित स्कुल विभाग प्रमुखको जिम्मा ईश्वर पोखरेललाई
नुवाकोट, लामो समयको विवादपछि नेकपा सचिवालय बैठकले विभिन्न ३३ विभागको नेतृत्व टुंगो लगाएको छ । विवादित बनेको स्कुल विभागको नेतृत्व उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले पाउनुभएको छ ।
नेकपा स्कुल विभागमा सचिवालय सदस्य ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतले दाबी गर्नुभएको थियो । विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपाल, संगठन विभागमा वामदेव गौतम र प्रचारप्रसार विभागमा नारायणकाजी श्रेष्ठले पाउनुभएको छ ।
तीन दिनदेखि लगातार सर्दै आएको नेकपा सचिवालयको बैठक शुक्रबार बिहान ११ बजेपछि बसेको थियो । बिहीबारको बैठक अन्तिम समयमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण स्थगित भएको थियो । साउन १३ पछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री सिंगापुर भ्रमणबाट फर्किएपछि पटकपटक बैठक स्थगित भएको थियो ।
यसअघि साउन २८ र २९ गते बोलाइएको बैठकसमेत अन्तिम समयमा स्थगित भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया