धादिङको बेनिघाटरोराङ गाउँपालिकामा बन्न लागेको हुवासिन सिमेन्टलाई झड्का
विदुर खबर
२०७६ साउन २६ गते १९:३१
नुवाकोट, संसदको सार्वजनिक लेखा समितिले चिनिया लगानीको ह्वाजिङ सिमेन्टलाई जग्गा भाडामा दिन धादिङको बेनिघाटरोराङ गाउँपालिकाले गरेको सम्झौता रद्द गर्न निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकले नेकपा सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले गत साता बुझाएको प्रतिवेदनको आधारमा यस्तो निर्देशन दिएको हो । गाउँपालिकाले ५० वर्षका लागि उद्योगलाई सार्वजनिक जग्गा भाडामा दिने सम्झौता गरेको थियो ।
उपसमितिले लगानी बोर्ड ऐन २०६८ को दफा १० को उपदफा ९ तथा लगानी बोर्ड नियमावलीको नियम १९ को उपनियम ४ बमोजिम सिमेन्ट उद्योगमा लगानी गर्न अनुमति प्राप्त गर्दा र उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गर्दा राखिएका सर्तहरु पालना नगरेको भन्दै सम्झौता रद्द गर्न सिफारिस गरेको थियो । १४ अर्ब ४० करोड चीनीयाँ लगानीमा उद्योग निमार्ण भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया