मेरो माइक्रोफाइनान्सको सीइओमा रामहरि र डेपुटीमा नवराज नियुक्त
नुवाकोट, नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बिहिवार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि रामहरि दाहाललाई प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको छ ।
साथै सोही बैठकले संस्थामा कार्यरत निमित्त नायव प्रमुख कार्यकारी अधिकृत नवराज दाहाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आवको असार मसान्तसम्म १६ करोड ७६ लाख २२ हजार खुद नाफा आर्जन गरेको थियो । एकवर्ष अवधिमा कम्पनीले ७ करोड ३२ लाख ४८ हजारले नाफा बढाएको हो। शतप्रतिशत हकप्रद र बोनसबाट १३० प्रतिशतले चुक्तापूँजी बढाएको यस कम्पनीले १५ करोड ८५ लाखको जगेडाकोषलाई ३३ करोड ९० लाखको उचाईमा पुर्याएको छ।
माइक्रोफाइनान्सले असार मसान्तसम्ममा एकअर्ब २१ करोड ६ लाख रुपैयाँ निक्षेप संकलनर २ अर्ब ९७ करोड ६२ लाख सापटीबाट ४ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट कम्पनीले ३६ करोड ९८ लाख ब्याज आम्दानी र खर्चपछिको सञ्चालन नाफा २२ करोड ९३ लाख कायम गरेको छ। हाल मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ५० जिल्लामा ९५ शाखा कार्यालय मार्फत वित्तीय साक्षरता सहित लघुवित्त सेवा प्रदान गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया