एशिया कप खेल्ने टोलीको प्रशिक्षण शुरु
नुवाकोट, अर्को महीना श्रीलङ्कामा आयोजना हुने एसिसी उन्नाइस वर्षमुनि (यू–१९) एशिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण शुरु भएको छ ।
काठमाडौँमा उपलब्ध १७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण शुरु गरिएको हो । एक महीना अघिमात्र मलेसियामा सम्पन्न एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि हासिल गरेर नेपालले एशिया कपमा स्थान बनाएको थियो । नेपाली युवा टोलीको औपचारिक प्रशिक्षण भने यही साउन २७ गतेदेखि मात्र शुरु हुने नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले राससलाई बताउनुभयो । उहाँले एसिसीले साउन २७ गतेदेखि मात्र नेपाली टोलीको औपचारिक प्रशिक्षण शुरु गर्ने स्वीकृति दिएकाले सोही समयमा औपचारिक प्रशिक्षण शुरु गर्ने बताउनुभयो । यसअघि यही साउन २१ गते मङ्गलबारदेखि प्रशिक्षण गर्ने भनिएता पनि एशियन क्रिकेट काउन्सिल (एसिसी) बाट बजेट स्वीकृति नहुँदा प्रशिक्षण प्रभावित बन्न पुगेको थियो ।
एसिसी इस्र्टन रिजन च्याम्पियनसिपका लागि छनोटमा परेका खेलाडीमध्येबाटै २४ जनालाई विशेष प्रशिक्षणमा बोलाइने प्रशिक्षक दासको भनाइ छ । आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना एसिसी यू–१९ एशिया कपमा एशियाका पाँचवटा टेस्ट राष्ट्रसहित आठ टोली सहभागी हुनेछन् । जसमा नेपाल, भारत, पाकिस्तान श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएइ) र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । गत असारमा मलेसियामा सम्पन्न इस्र्टन रिजन च्याम्पियनसिपमा नेपालले फाइनल खेलमा हङकङलाई छ विकेटले पराजित गर्दै एशिया कपको यात्रा तय गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया