रसुवागढी हाइड्रोपावरको शेयर खातामा,अर्को सातादेखि कारोबार गर्न पाईने
नुवाकोट, रसुवागढी हाइड्रोपावर लिमिटेडको शेयर लगानीकर्ताको डिम्याट खातामा आउँन थालेको छ ।
सिडीएससीमा शेयर सूचीकरणको प्रक्रिया सकिएपछि बिहिबार देखि शेयर डिम्याट खातामा आउँन थालेको हो । आयोजनाका प्रमुख छवि गैरेले सिडीएस तर्फको शेयर सूचीकरण प्रक्रिया सकिएको र अब नेप्से तर्फको केहि काम बाँकि रहेको जानकारी दिए । उनका अनुसार नेप्सेतर्फको काम पनि १-२ दिन मै सकिने भएकोले लगानीकर्ताले अर्को साता देखि कम्पनीको शेयर कारोबार गर्न पाउने छन् ।
त्यस्तै सान्जेंन जलविद्युत कम्पनीको शेयरको सूचीकरण प्रक्रिया पनि अन्तिम चरणमा पुगेको कम्पनीका सीइओ किरण कुमार श्रेष्ठले बताएका छन् । उनले सान्जेनको शेयर पनि छिट्टै लगानीकर्ताको डिम्याट खातामा आउने बताए । उनका अनुसार सिडीएससंग शेयर सूचीकरणको लागि सम्झौता भई सकेको छ भने नेप्सेसँग अर्को साता सम्झौता हुनेछ ।
यी दुवै कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीक सहायक कम्पनी हुन् । दुवै कम्पनीले एक साथ जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई शेयर निष्काशन गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया