पैसाको भरमा नेता बनाउने प्रवृति अन्त्य गर्नुपर्छ : प्रवत्ता थापा

नुवाकोट, नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले पैसाको भरमा पार्टीको नेता बनाउने प्रवृतिको अन्त्य गर्नुपर्ने बताएका छन ।
नेपाली कांग्रेस विदुर–काठमाण्डौ सम्पर्क समितिको गठन गर्न बुधबार काठमाण्डौको एक होटलमा आयोजना गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन । भेलालाई सम्बोधन गर्दे थापाले पार्टी विधि र विधानमा रहेर चल्नुपर्ने तर अहिले पार्टीमा त्यस्तो अवस्था नरहेको बताए । थापाले पार्टी अनुशासन कायम नरहेसम्म राम्रो र योग्य कार्यकर्ताहरु पछाडि परिरहने र सुकिला मुकिलाले मात्र अवसर पाउने दाबी गरे । उनले राम्रा कार्यकर्ताहरुको मुल्याकङ गर्न पार्टीले निति नै बनाउनु पर्ने उल्ल्खे गरे ।
प्रवत्ता थापाले कांग्रेसको संगठनलाई मजबुत बनाउन अनुशासन समिति नै बनाउनुपर्ने बताए । फरक प्रसंगमा उनले वर्तमान अवस्थामा लोकतन्त्र नै असुरक्षित हँुदै गएको भन्दै सरकार तानाशाहा तर्फ उन्मुख भएकोले पुन ः लोकतन्त्रको रक्षाको लागि कांग्रेस नै एकजुट भएर लाग्नुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया