प्रवासी तामाङ युवा मञ्च मलेसिया र नेपाली कलाकार संघ मलेसियाको भेटघाट सम्पन्न
सन्दिप मोत्तान मलेसिया । नेपाल प्रवासी तामाङ युबा मञ्च मलेसिया र नेपाली कलाकार संघ मलेसियाको सयुक्त भेटघाट तथा साङ्गेतिक कार्यक्रम सम्पन्न आईतबार भएको छ ।
नेपाल प्रवासी तामाङ युबा मञ्च मलेसिया र नेपाली कलाकार संघ मलेशियाद्दारा सयुक्त रुपमा आयोजना गरिएको भेट्घाट तथा सांगितिक धमका कार्यक्रम २१ जुलाइमा भएको हो । कार्यक्रममा दुबै संस्थाका अध्यक्ष प्रकाश वाइबाले संस्था खोल्नुको उदेश्य र भाबी योजना को बारेमा आफ्नो मन्तव्य राख्दै स्पष्ट पार्नु भएको थियो । साथै सबै सदस्यहरुलाई सदस्यता प्रमाणपत्र पनि बितरण गरेको नेपाल तामाङ प्रवासी युबा मञ्च मलेशियाका सचिब दिनेश थिङ्गले बताए ।
कार्यक्रममा मलेसियामा कार्यरत नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो भने हास्य कलाकार दिनेश सापकोटाले उपस्थिती दर्शकहलाई आफ्नो प्रस्तुतिले थप मनोरंजन गराएको थिए । कार्यक्रममा विभिन्न संघ सस्थाहरुको प्रतिनिधिहरुको पनि उपस्थिती भएको थियो । प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्दै जिम्मेवार पूर्वक संस्थालाई अझै उचाइमा पुर्याउन आफ्नो ठाउँबाट सहयोग गरिरहने प्रतिबद्धता गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया