आफ्नो जीवन खुलेर यसरी जिउनुस्
काठमाडौं, २३ फागुन — जीवनमा सबभन्दा गाह्रो काम भनेको सरल र सन्तुलित बस्नु हो तर यसो गर्नु असम्भव भने छैन । तपाईं केही कुरालाई आफ्नौ दैनिकीको हिस्सा बनाएर त्यसलाई बानीका रूपमा विकसित गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको जीवन सहज हुन्छ र राम्रो पनि हुन्छ ।
घरमा भेन्टिलेसन राम्रो हुनुपर्छ । झ्यालहरू खुला राख्नुस् जसले गर्दा ताजा हावा र भरपूर उज्यालो आओस् ।
मानिसहरूका बारेमा एउटै धारणा नबनाउनुस् । सबैलाई एउटै तराजुमा नतौलिनुस् । प्रत्येक व्यक्तिको परिस्थिति फरक फरक हुन्छ र उनीहरूले त्यसअनुसार प्रतिक्रिया दिन्छन् । सबै कुरालाई व्यक्तिगत रूपमा नलिनुस् । मजाक
सहन पनि सिक्नुस् । यसो नगरेमा तपाईं नकारात्मक मानिसका रूपमा चिनिनुहुनेछ र मानिसहरू तपाईंबाट टाढै बस्न रुचाउँछन् ।
आफ्नो सोच र दृष्टिकोण सधैं सकारात्मक र प्रगतिशील राख्नुस् । नकारात्मक सोच भएका मानिससँग कुराकानी नगर्नुस् ।
व्यस्त जिन्दगीमा टेन्सन भएर तपाईंको हाँसो गायब हुनुभएन । त्यसैले खुलेर हाँस्नुस् । खुलेर हाँस्दा फोक्सो लचिलो हुन्छ र त्यसले ताजा हावा पाउँछ ।
एजेन्सी
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया