साउनदेखि त्रिशुली थ्रि ‘ए’ ले व्यवसायिक उत्पादन गर्ने
नुवाकोट असार ३०, नुवाकोट र रसुवाको सिमानामा निर्माणाधीन माथिल्लो त्रिशुली थ्रि ‘ए’ जलविद्युत आयोजनाले साउनदेखि व्यावसायिक उत्पादन गर्ने भएको छ ।
असार तेस्रो सातादेखि दुबै युनिटबाट उत्पादन गर्ने लक्ष्य रहेतापनि साउनको दोस्रो सातादेखि मात्र दोस्रो युनिटबाट विद्युत उत्पादन गर्ने तयारी भइरहेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताए । साउन १५ गतेभित्र दुबै युनिटबाट व्यवसायिक उत्पादन सुरू गरिने आयोजनाले जनाएको छ । अहिले पहिलो युनिटबाट ३० मेगावाट विद्युत उत्पादन भईरहेको छ ।
उत्पादित विद्युत खेर जान नदिनका लागि राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ । टेकिङ ओभर प्रमाणपत्र दिएपछि आयोजनाले व्यवसायिक उत्पादन गर्ने प्रमुख जोशीले जानकारी दिए । आयोजनाले विद्युत पुर्ण रूपमा उत्पादन दिएपछि मुलुकभित्र खपत हुने उर्जामा करिब ८ प्रतिशत योगदान रहने प्रमुख जोशीको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया