रियल मड्रिडले पीएसजीलाई फेरि हरायो, रोनाल्डोको गोल
२३ फागुन, काठमाडौं । रियल मड्रिडले पेरिसमा पनि पेरिस सेन्ट जर्मेनलाई हराएको छ र च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
मंगलबार राति भएको दोस्रो लेगमा रियल मड्रिडले पीएसजीलाई २-१ ले हराएको हो । पहिलो लेग ३-१ ले जितेको लगातार दुई पटकको च्याम्पियन रियल समग्रमा ५-२ को नजिताका साथ अन्तिम ८ मा पुगेको छ ।
पेरिसमा भएको खेलको पहिलो हार गोलरहित बराबरीमा टुंगियो । तर, दोस्रो हाफको सुरुमा नै क्रिष्टियानो रोनाल्डोले मड्रिडलाई अग्रता दिलाए ।
६६ औं मिनेटमा घरेलु टोलीले झड्का ब्यहोर्यो । उसका भेराटीले रातो कार्ड पाए । तर, ७१ औं मिनेटमा इभिन्सन काभानीले गोल गरे ।
खेलको ८० औं मिनेटमा कासिमेरोले गोल गर्दै रियल मड्रिडलाई जित दिलाए ।
अर्को खेलमा लिभरपुलले एफसी पोर्टोसँग बराबरी गोलेको छ । तर, पहिलो लेगमा हात पारेको ५-० को जितको मदतमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया