विश्वकप क्रिकेट : इंग्ल्याण्डद्धारा भारतसामु फराकिलो लक्ष्य प्रस्तुत
नुवाकोट असार १५, आईसीसी विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्याण्डले भारतलाई जितका लागि ३३८ रनको फराकिलो लक्ष्य दिएको छ ।
बर्मिङघममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३७ रन बनायो ।इंग्ल्याण्डको फराकिलो लक्ष्यमा जोनी बेयर्सटोले शतकीय इनिङ्स खेले । बेयर्सटोले १११ रन बनाए । यस्तै बेन स्टोक्सले ७९ रनको अर्धशतकीय इनिङ्स खेल्दा जासन रोयले ६६ रनको योगदान दिए । जोय रुटले ४४ तथा जोश बटलरले २० रन बनाए ।
भारतका मोहमद शामीले ५ विकेट लिए । यस्तै जस्प्रित बुम्राह र कुलदीप यादवको नाममा एक विकेट रह्यो । इंग्ल्याण्डविरुद्व जित हासिल गरेको अवस्थामा भारत सेमिफाईनलमा पुग्ने छ । तर इंग्ल्याण्डको हारले विश्वकपमा उसको अवस्था कठिन मोडमा पुग्नेछ । सेमिफाईनल सम्भावनालाई कायम राख्न इंग्ल्याण्डलाई जितको विकल्प छैन । भारत ६ खेलबाट ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ईङल्याण्ड ७ खेलबाट ८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया