अफगानिस्तानद्धारा पाकिस्तान सामु २ सय २८ रनको लक्ष्य
एजेन्सी आईसीसी एकदिवसीय क्रिकेट अन्तर्गत अफगानिस्तानले पाकिस्तानलाई जितका लागि २ सय २८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
इंग्ल्याण्डको लिड्समा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनायो । अफगानिस्तानका लागि नाजिबउल्ला जड्रान र अस्घर अफगानले समान ४२/४२ रन बनाए । यस्तै रहमत शाहले ३५, इक्राम अलिखिल २४, अविजित समिउल्ला सिन्वारिले १९, मोहमद नाबी १६, कप्तान गुलबदिन नाइब १५ रनको योगदान गरे ।
पाकिस्तानका सहिन शाह अफ्रिदीले ४ विकेट हात पारे । यस्तै वाहब रियाज र इमाद वासिमले समान २/२ विकेट लिए ।आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । सेमिफाइनलमा स्थान बनाउन कोशिश गरिरहेको पाकिस्तान छिमेकी प्रतिद्वन्दीलाई हराएर शीर्ष चारको सम्भावना कायम राख्न चाहन्छ । पाकिस्तान ७ खेलबाट ७ अंक सहित छैटौं स्थानमा छ । अफगानिस्तान भने पहिलो जितको खोजीमा हुनेछ । अंक विहिन हुदै तालिकाको पुछारमा छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया